कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय

स्वास्थ्य सेवा निर्देशनालय

स्वास्थ्य सेवा कार्यालय

दैलेख

स्वास्थ्य सेवा कार्यालय, दैलेखले पहिलो पटक Website साईट निर्माण गरि कार्य सञ्चालन गर्ने सुरुवात गरिएको छ । २१ औं सताव्दीको वर्तमान परिवेशमा सूचना प्रविधिको विशेष महत्व रहेको अवस्थामा यस कार्यालयबाट पहिलो पटक Website खोलि यस कार्यालयका तथा यस जिल्ला अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सम्पुर्ण सेवा, कार्यक्रमहरु तथा भविष्यमा सञ्चालन गरिने कार्यहरुको योजना, स्वास्थ्य सँग सम्वन्धित प्रमुख सुचकहरु, स्वास्थ्यका दिर्घकालिन योजना एवं महत्वपुर्ण सुचनाहरु राख्ने प्रयास गरिएको छ र साथै समय सापेक्ष सुचना तथा अन्य गतिविधिहरु समेतलाई अध्यावधिक गर्दै लैजाने योजना समेत रहेको छ । यस Website मा राखिएका महत्वपुर्ण सुचना एवं तथ्यांकहरुको प्रयोग गर्ने प्रयोगकर्ताहरुको अमुल्य सल्लाह सुझावले यस कार्यलाई अझै प्रभावकारी बनाउनेछ भन्ने अपेक्षाका साथ मैले आशा र विश्वास लिइएको छु । यस Website निर्माण कार्य गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो अमुल्य सल्लाह सुझाव एवं समय दिई व्यवस्थापन पक्षमा सहयोग गर्नु हुने सवै फाँट प्रमुखहरु तथा अन्य सम्पुर्ण कर्मचारीहरुलाई स—धन्यवादका साथ आभार प्रकट चाहन्छु ।

धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *